YouTube Link

कोरिया जान १० हजार सिटका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा ८४ हजारले दिए परीक्षा

World Cup 2026
Facebook Link

काठमाडौं: रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार २ सय १४ जना युवाहरु भाषा परीक्षामा सहभागी भएका छन  । शनिबार र आइतबार काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार ३ सय ५६ जनाले आवेदन परीक्षाका लागि आवेदन दिएका थिए ।

तीमध्ये उत्पादनमूलक क्षेत्रमा ६३ हजार तीन सय ७० जना र कृषि तथा पशुपालन क्षेत्रका लागि २८ हजार आठ सय ३४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये आठ हजार एक सय ४१ जना भने अनुपस्थित रहेको वैदेशिक रोजगार विभागको इपिएस शाखाले जनाएको छ । कोरियाको मानव संसोधन विभागका महानिर्देशकको नेतृत्वमा ९७ जनाको टोली परीक्षा सञ्चालन गर्न नेपाल आएका थिए । जसमध्ये ७२ जनाले काठमाडौं तथा ललितपुरमा र बाँकी २५ जनाले पोखरामा परीक्षा सञ्चालन गरेका थिए । वैदेशिक रोजगार विभागको इपिएस शाखाले परीक्षाको सहजीकरण गरेको थियो । दुई दिनमा अर्काको नाममा परीक्षा दिएको आरोपमा एक सय ५६ जना कारबाहीमा परेका छन् ।

भाषा परीक्षाका लागि उत्पादनमूलक क्षेत्रको पूर्णांक सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० पूर्णांकको परीक्षा लिइएको हो । जसमा सुनाइ र पढाइमा २०/२० गरी ४० प्रश्न समावेश गरिएको थियो । भाषा परीक्षामा पास हुँदैमा कोरिया जान पाउने ग्यारेन्टी भने नहुने इपिएस शाखाले स्पष्ट पारेको छ । त्यसका लागि सीप परीक्षा अनिवार्य रूपमा पास हुनुका साथै रोजगारदाता छनोटमा समेत पर्नुपर्ने इपिएस शाखाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...