YouTube Link

दोस्रो ललितपुर मेयरकप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु

World Cup 2026
Facebook Link

 

काठमाडौं: दोस्रो ललितपुर महानगरपालिका मेयरकप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता -२०७८ सुरु भएको छ ।

 

नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे ।

 

प्रमुख अतिथि मेयर महर्जनबाट आगामी वर्ष पनि हुने तेस्रो मेयर कप संस्करणको लागि ललितपुर महानगरपालिकाबाट आगामी बर्षको बजेट विनियोजनको लागि रातो किताबमा उल्लेख गराउने प्रतिबद्धता व्यक्त गरे ।

 

फागुन २७ र २८ गते दुई दिन भएको प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरुबाट दुई सय खेलाडीको उपस्थित थियो ।

 

ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुल्ला तौल समूह प्रथम रुपक नेपाली, पुरुष खुल्ला तौल समूहमा दोस्रो सनि सिंह, पुरुष ५५ के. जि. तौल समूहमा प्रथम ओम तामाङ, पुरुष ५५ के. जि. तौल समूहमा दोस्रो रोशन गोतामे, पुरुष ६० के. जि. तौल समूहमा प्रथम हितेश रानामगर,  पुरुष ६० के. जि. तौल समूहमा दोस्रो संजय कुमार गुप्ता, महिला ५० के. जि. तौल समुहमा प्रथम शान्ति थापामगर, महिला ५० के. जि. तौल समुहमा दोस्रो एकता कुमाल, महिला ५५ के. जि. तौल समुहमा प्रथम रोहिणी कस्ती, महिला ५५ के. जि. तौल समुहमा दोस्रो वन्दना तामाङ, महिला खुल्ला तौल समुहमा प्रथम मन्जु वि.क., र महिला खुल्ला तौल समुहमा दोस्रो सुष्मीता सुनुवार रहेका छन् ।

 

प्रतियोगिता अन्तर्गत प्रथम हुने हरेक खेलाडीले नगद रु. १५ हजार  तथा शिल्ड र प्रमाण प्रत्र र त्यसैगरी दोस्रो हुने खेलाडीले रु. १० हजार  र तेस्रो हुने खेलाडीले रु. ५ हजार क्रमशः प्राप्त गरेका छन् ।

 

दोस्रो दिनको कार्यक्रमको समापन पछि पुरस्कार वितरण गर्ने क्रममा पहिलो पटक स्व. रामजीप्रसाद बज्राचार्य स्मृति पुरस्कार रु. ५० हजार नगद पुरस्कार प्रथम हुने महिला तथा पुरुष ६ जनाबाट गोलाप्रथा मार्फत वितरण गरिएको आर्मीको शान्ति थापामगरले प्राप्त गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...