नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिश
वि.सं.२०७८ फागुन २६ बिहीवार ११:०४
3K
shares
काठमाडौं: रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिश गरेको छ ।
गठित छनोट तथा सिफारिस समितिले चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिश गरेको हो ।
रिक्त पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो ।
उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए ।
तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिश गरिएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ फागुन २६ बिहीवार ११:०४




















