नेप्से कारोबारमा आज ६३.९८ अंकको गिरावट
वि.सं.२०७८ फागुन १८ बुधवार १५:२३
2.4K
shares
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा आज (बुधबार) उच्च अंकको गिरावट आएको छ ।
नेप्सेमा आज ६३.९८ अंकले घटेर २ हजार ५ सय ४६ दशमलब ६० विन्दुमा रोकिएको हो । त्यस्तै, आज ३ अर्ब ६२ करोड ११ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८८ वटा कम्पनी घटेका छन् भने ३ वटा कम्पनी मात्रै बढेका छन् ।
यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।
यस कम्पनीको शेयरमूल्यमा आज ४ प्रतिशतले बढेर प्रतिकित्ता ५७२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता ६३१ रुपैयाँमा झरेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।
वि.सं.२०७८ फागुन १८ बुधवार १५:२३



















