पूर्वराजा ज्ञानेन्द्र उफ्रिनुमा कसको हात ?
वि.सं.२०७८ फागुन ७ शनिवार ११:४७
2K
shares
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औँ प्रजातन्त्रको अवसरमा एक विज्ञप्ती प्रकाशित गरे ।
शाहले नेपालको राजनीतिक दलका कारण राष्ट्रिय एकतामा संकट उत्पन्न भएको बताए ।
उनले यसरी नेपाली राजनीतिक दलहरुको क्रियाकलापको कटाक्ष गर्दै राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने टिप्पणी गरेका छन् ।
उनको यो कटाक्षलाई पूर्व राजा ज्ञानेन्द्र कुनै भूमिकामा देखा पर्न त चाहिरहेका छैनन् भन्ने प्रश्न उठिरहेको छ ।
त्यस्तै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि राजा सधै रहँदै आएको र रहिरहने बताएका छन् ।
यसले पनि उनी सन्निकट भविष्यमा कुनै न कुनै बहानामा एउटा शक्तिको रुपमा उदाउन चाहेको स्पष्ट देखिन्छ ।
अब प्रश्न उठ्छ पूर्वराजा ज्ञानेन्द्रलाई यस्तो वक्तव्य निकाल्न कुन शक्तिले भूमिका खेलिरहेको छ ? अहिले अमेरिकी सहयोग एमसीसीका कारण देशमा राजनीतिक दलहरुबीच बैमनुष्यता पैदा भईरहेको बेला एकाएक राजाले राजनीतिक दलहरुमाथि नै कटाक्ष गर्दै विज्ञप्ती निकाल्नुलाई सामान्य रुपमा लिन नहुने तर्क राजनीतिक विष्लेषकहरुको रहेको देखिन्छ ।
आफूले खाईपाई आएको शाही अवसर गुमाएको पीडा भुलाउन मात्र नभई उनको यस्तो भनाई नेपाली राजनीतिमा महत्वपूर्ण रुपमा हेरिनुपर्छ ।
यसलाई कम आंकलन गरियो भने त्यो भविष्यको लागि खतरा बन्ने अवस्था देखिन्छ ।
वि.सं.२०७८ फागुन ७ शनिवार ११:४७




















