YouTube Link

अनन्त तामाङ बने आईएसएल खेल्ने पहिलो खेलाडी

Facebook Link

 

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालबाट खेल्ने भएका छन् ।

 

नेपाली खेलाडीले आईएसएलमा आवद्ध भएको यो पहिलो पटक हो ।

 

अनन्तले खेल्ने पक्का भइसकेपनि अन्तिम सम्झौता हुन भने बाँकी छ ।

 

थ्रीस्टार क्लबबाट घरेलु फुटबल खेलिरहेका अनन्तले आईएसएलको अन्तिम चार वटा  खेल मात्रै खेल्नेछन् ।

 

क्लबले शनिबार अनन्तलाई बिदाइ गर्ने कार्यक्रम समेत राखेको छ ।

 

युवापुस्ताका उदीयमान खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्टकै ब्याचका एन्फा एकेडेमीका उत्पादन अनन्त चार वर्षअघि स्वदेशमै आयोजना भएको साफ अन्डर-१९ च्याम्पियनसिपमा च्याम्पियन बनेपछि अनन्तले सिनियर टोलीमा स्थान पाएका थिए ।

 

२०७२ मा बंगबन्धु गोल्डकप, १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण, २०७३ मा एएफसी सोलिडारिटी कप होस् वा यसै वर्ष स्वदेशमा आयोजना गरिएको १३औं सागमा स्वर्ण जित्दा होस् अनन्त टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका थिए ।

 

अनन्तले रुस्लान थ्री स्टारका लागि ए डिभिजन लिग खेल्दै आएका छन् । उनले चोटका कारण गत साता  दशरथ रंगशालामा भएको  मौरिससविरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाएका थिए ।

 

अनन्तले यसअघि स्पेनको मार्बेला युनाइटेडमा पनि प्रशिक्षण गरेका थिए ।

 

सुदूरपश्चिम फुटबल क्लबबाट राष्ट्रिय लिग खेल्दै घरेलु फुटबलमा प्रवेश गरेका उनको सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिप जित्दा चर्चा सुरु भएको थियो ।

 

भारतमा आईलिग र आईएसएल गरी दुई शीर्ष डिभिजनका फुटबल हुने गर्छन् ।

 

आईएसएलको सुरुवात २०१३ मा भएको थियो । फ्रेन्चाइज अवधारणामा आधारित प्रतियोगितामा ११ टोलीले सहभागिता छ ।

 

अनन्तले खेल्ने कोलकाताको इस्ट बंगाल टोली भारतीय फुटबलमा पुरानो मध्येको एक क्लब हो ।

 

सन् १९२० मै यसको स्थापना भएको थियो। क्लबले २०२० देखि आईएसएल खेल्न लागेको हो ।

 

यो क्लब आईएसएलको जारी सिजनमा १६ खेलबाट १० अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...