थ्री स्टार र आर्मीबीच अन्तिम क्वाटरफाइनल खेल हुँदै
वि.सं.२०७८ माघ ११ मंगलवार ०८:३९
2.4K
shares
काठमाडौं: पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।
यी दुईबीचको खेला पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने रणनीति सहित मैदानमा ओर्लने छन् ।
यस खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मनाङ नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।
यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
वि.सं.२०७८ माघ ११ मंगलवार ०८:३९




















