प्रधानमन्त्रीद्वारा राष्ट्रको नाममा सम्बोधन, एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ
वि.सं.२०७८ माघ ७ शुक्रवार १८:१७
2.5K
shares
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै देउवाले निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।
देउवाले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।
त्यस्तै सम्बोधनको क्रममा देउवाले यही वर्षभित्र मेलम्ची खानेपानी आयोजना पुनःस्थापना गरेर काठमाडौबासीलाई खानेपानी उपलब्ध गराउने पनि बाचा गरे ।
सम्बोधनको पूर्णपाठः
वि.सं.२०७८ माघ ७ शुक्रवार १८:१७



















