YouTube Link

कृषि विकास बैंक ५५औं वर्षमा प्रवेश

Facebook Link

 

काठमाडौं: कृषि विकास बैंक ५५औं वर्षमा प्रवेश गरेको छ ।

 

बैंकको ५५औं वार्षिक उत्सव समारोहको भव्यताका साथ भर्चुअल माध्यमबाट अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले समुदघाटन गगरेका हुन् ।

 

समारोहका प्रमुख अतिथि अर्थमन्त्रीले बैंकको ५५औं वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको विमोचन समेत गरेका छन् ।

 

वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि तथा अर्थमन्त्री जनार्दन शर्माले कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडी सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय सञ्चालन गर्न निर्देशन दिएका छन् ।

 

कृषि विकास बैंक स्थापनाकाल देखि हाल ५५औं वर्षसम्ममा सफलतापूर्वक ल्याई पुर्याउनु हुने सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक वधाई तथा धन्यवाद दिंदै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

 

वार्षिक उत्सव कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंक पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकको रुपमा सञ्चालन भएतापनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफनो बैकिङ्ग व्यवसाय संचालन गर्दै आइरहेको बताए ।

 

गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ्ग लगायत कषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिदै सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भर्चुअल तथा प्रत्यक्ष उपस्थित सम्पूर्ण आदरणीय अतिथिहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु क्रमशः करिव १५ लाख निक्षेपग्राहीको १ खर्व ५८ अर्व निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिव १ खर्व ७५ अर्व कर्जा प्रवाह गरेकोमा करिव ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिद बिक्री, बिदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोवार , ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, शेयरधितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ्ग सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपिएस, अनलाईन बैंकिङ्ग खाता खोल्ने,आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ्ग मार्फत युटिलिटी पेमेन्ट र करिव ३ लाखको हाराहारीमा रहेका शेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको लगायतका विषय माथि प्रकाश पार्दै बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्याउनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गरे ।

 

बैंकलाई सदैव विश्वास गर्ने एवं सहयोग पुर्याउ ने सम्पूर्ण ग्राहक वर्ग, संचालक समिति तथा सहकर्मी कर्मचारी मित्र, बैंकमा क्रियाशिल युनियनहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

 

बैंकको प्रगति एवं समृद्धिका लागि योगदान गरेका बैंकका पूर्व कर्मचारी तथा पदाधिकारीहरु प्रति आभार व्यक्त गर्दै २० बर्ष र २५ वर्ष सेवा अवधि पूरा गरी आज पुरस्कृत हुने कर्मचारी साथीहरु, उत्कृष्ट कर्मचारीहरु, उत्कृष्ट ग्राहकहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...