पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना भाइरस संक्रमण पृष्टि
वि.सं.२०७८ माघ ३ सोमवार १६:५१
2.1K
shares
काठमाडौं: पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार १४ जनाको पीसीआर परीक्षणमा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९५ दशमलब १ रहेको छ ।
वि.सं.२०७८ माघ ३ सोमवार १६:५१




















