YouTube Link

विभिन्न ठाउँमा प्रहरीद्वारा अवैध लागूऔषध सहित पक्राउ

Facebook Link

 

काठमाडौं: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ स्थित कोईन्स रेष्टुरेण्टबाट ४० मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर सहित सोही नगरपालिका-३ बस्ने १९ वर्षीया पूजा कार्की लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त रेष्टुरेण्टको क्याबिनमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 

सिरहा नगरपालिका-१७ माडरबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १० ट्याब्लेट सहित कल्याणपुर नगरपालिका-८ मझौलिया बस्ने ३० वर्षीय कृष्णा यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

ज.१२ प ७५५७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादवलाई पक्राउ गरेको हो ।

 

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिभुवन टोलबाट १० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय जगतराम राना थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

अस्थाई प्रहरी प्रोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको  हो ।

 

सर्लाही, मिर्चैया नगरपालिका-५ बाट ३० ग्राम ७७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा धनुषा कमला नगरपालिका-६ बस्ने २१ वर्षीय सबुर कुमार महतो र सोही ठाउँ बस्ने २१ वर्षीय पवन कुमार महतो रहेका छन् ।

 

लु.७९ प ९९५१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक सबुर कुमार र मोटरसाइकलमा सवार पवन कुमारलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...