YouTube Link

रामेछापमा कोरोना विरुद्धको बुस्टर डोज अनिश्चित

World Cup 2026
Facebook Link

 

 

रामेछाप: सरकारले देशभर कोरोना विरुद्धको बुस्टर डोज खोप उपलब्ध गराउने घोषणा गरेको भएपनि रामेछाप जिल्लामा भने यसको कुनै अत्तोपत्तो छैन ।

 

कोरोना संक्रमितको संख्या बढिरहेको बेला सरकारले दुइ मात्रा खोप पुरा गरेकाहरुलाई बुस्टर डोजका रुपमा तेश्रो मात्रा खोप आइतबारदेखि देशभर उपलब्ध गराउने घोषणा गरेको थियो ।

 

सरकारको घोषणा सुनेर बुस्टर डोज खोपका  लागि स्वास्थ्य केन्द्र पुगेका रामेछापका सर्वसाधारण भने खोप नपाएपछि निराश हुँदै घर फर्कन बाध्य छन् ।

 

आइतबारबाट सरकारले बुस्टर डोज खोप उपलब्ध गराउने घोषणा गरेको भएपनि अहिले  खोप अभाव भएकाले रामेछाप जिल्लामा कहिलेबाट यसको शुरुवात हुन्छ भन्ने कुरा अनिश्चित भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाले बताए ।

 

उनले शनिबार साँझ भर्चुअल बैठक मार्फत आफुहरुलाई बुस्टर डोज खोपका बारेमा जानकारी गराएको भएपनि जिल्लामा खोप नभएकाले काम शुरु गर्न नसकिएको बताए ।

 

सोमबार खोप लिन पठाउने तयारी गरेको स्वास्थ्य कार्यालय रामेछापले जिल्लामा यो कार्यक्रम एकैदिन शुरु गर्दा अब कम्तिमा एक साता लाग्ने जानकारी दिएको छ ।

 

अग्रपंक्तिमा काम गर्ने व्यक्ति र ६० बर्ष उमेर नाघेका बृद्धबृद्धालाई पहिलो चरणमा उपलब्ध गराउन लागिएको बुस्टर डोज खोप अवको एक सातापछि उपलब्ध गराउन सकिने अनुमान रहेको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख खतिवडाले बताए ।

 

उनले केन्द्रसँग खोप मागेर जिल्लामा ल्याउने तयारीमा आफुहरु जुटेको जानकारी दिए । यता अग्रपंक्तिमा बसेर काम गर्ने व्यक्तिहरु भने खोप नपाएकोमा असन्तुष्ट छन् ।

 

बुस्टर डोज खोप नपाउँदा असन्तुष्ट रहेका अग्र पंक्तिमा बसेर काम गर्नेहरुले  सरकारले खोपका लागि विना तयारी हल्ला मात्र गरेको आरोप लगाए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...