‘ए’ डिभिजन लिगमा आज एनआरटी र जावलाखेल भिड्दै
वि.सं.२०७८ माघ ३ सोमवार ०८:१३
1.8K
shares
काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नवौं चरणको अन्तिम लिग खेल हुँदैछ ।
नवौं चरणको अन्तिम लिग खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरटी र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
एनआरटीले ८ खेलमा १० अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।
जावलाखेलले ८ खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
वि.सं.२०७८ माघ ३ सोमवार ०८:१३




















