YouTube Link

माघ १५ सम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन र सभा समारोह गर्नमा रोक

Facebook Link

 

 

काठमाडौं: कोरोना भाइरसको संक्रमण बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार मात्र १ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

खासगरी काठमाडौं उपत्यकाका साथै सीमा नाकाहरुमा संक्रमितको संख्या बढ्दो छ । औसतमा समग्र देशभरमा पनि संक्रमण दर ९.५ प्रतिशत पुगेको छ ।

 

डेल्टा भेरियन्ट कायमै रहेको र ओमिक्रोन भेरियन्ट समुदायमा पुगेकाले अबको एक महिना संक्रमण अझ बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ ।

 

कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 

विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ ।

 

विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

 

सीसीएमसीसीको निर्णयअनुसार पूर्वनिर्धारित सेमेस्टर तथा बार्षिक परीक्षाहरु रोकिने छैन । तर जनस्वास्थ्यमा मापदण्डहरु पालना गर्दै डेज आधारको बसाइमा परीक्षा गर्नुपर्नेछ ।

 

त्यसैगरी सीसीएमसीसीले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन तथा सभा समारोह गर्न रोक लगाएको छ ।

 

साथै सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यक्रमहरु नगर्न आह्वान गरेको छ ।

 

नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनले अनुमति दिनेछ । यसका लागि गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र गर्ने सीसीएमसीसीको निर्णय छ ।

 

यसैबीच माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यो निर्णय अनुसार अब सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि पनि खोपकार्ड देखाउनुपर्नेछ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म १ करोड ११ लाख ३४ हजार ६९८ जनाले पूर्ण मात्रामा अर्थात दुबै डोज खोप लगाएका छन् भने थप ४० लाखले कम्तीमा एक डोज खोप लगाएका छन् ।

 

आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीडभाड कम हुने गरी उडानको व्यवस्था मिलाउनसमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनिएको छ ।

 

नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र पोजेटिभ आएकाहरुलाई होटल, होल्डिङ सेन्टर लगातका आइसोलेसन सेन्टरमा राख्ने पनि सीसीएमसीसीको निर्णय छ ।

 

यस्तै सार्वजनिक स्थानहरुमा पनि निःशुल्क एन्टिजेन टेष्ट बुथहरु राख्ने र कोरोना खोपलाई अभियानकै रुपमा अगाडि बढाउने पनि उसको निर्णय छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...