YouTube Link

चार बर्षदेखि बन्द रहेको नेपाल-चीन जोड्ने तातोपानी नाका आजबाट औपचारिक रुपमा पुन: सञ्चालनमा आउने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: विगत चार बर्षदेखि बन्द रहेको नेपाल-चीन जोड्ने पहिलो तातोपानी नाका आजबाट औपचारिक रुपमा सञ्चालन हुने भएको छ ।

२०७२ बैशाख १२ को भूकम्पले दुबै तर्फको भौतिक संरचनामा क्षति पुर्‍याएपछि बन्द भएको नाका आजबाट पुनः सञ्चालनमा ल्याउन लागिएको हो । भूकम्पले क्षति पुर्‍याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदिले सडक लगायत संरचनामा थप क्षति पुर्‍याएपछि नाका सञ्चालनमा अन्यौलता थपिएको थियो ।

स्थानीय व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि एवम् नेपाल सरकारको लामो प्रयत्नपछि चिनियाँ पक्ष नाका पुनः सञ्चालनमा ल्याउन सहमत भएको हो । भूकम्पले मितेरी पुल समेतको क्षति पुर्याएपछि लार्चामा बन्दै गरेको सुख्खा बन्दरगाह निर्माणमा समेत समस्या परेको थियो । चीन सरकारको सहयोगमा २० करोड रुपैयाँको लागतमा सुविधासम्पन्न सुख्खा बन्दरगाहको निर्माण पनि हालै सम्पन्न भएको छ ।

भूकम्पपछि बन्दरगाहसँगै ६ किलोमिटर सडक र मितेरी पुलको चीन सरकारले पुर्ननिर्माण गरेको थियो । बाह्रबिसेदेखि लार्चासम्मको सडक सडक डिभिजन कार्यालय दोलखाले मर्मत गरेको हो । तातोपानी नाकाबाट पुन व्यवसाय सञ्चालन हुन लाग्दा व्यवसायीमा मात्र नभएर स्थानीयमा समेत खुसीयाली छाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...