YouTube Link

विप्लव समूहको नेपाल बन्दका कारण जनजीवन प्रभावित, त्रासले शैक्षिक संस्था बन्द, यातायात पनि प्रभावित

Facebook Link

काठमाडौं: विप्लव समूले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । भोजपुरमा प्रहरीको गोलीबाट कार्यकर्ता तीर्थराज घिमिरे मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका क्रममा सवारीसाधनमा आगजनी भएको छ ।

बन्दको प्रभाव उपत्यका र देशका विभिन्न जिल्लामा पनि परेको छ । विप्लवले बन्द घोषणा गरेपछि राजधानी उपत्यकाका शैक्षिक संस्थाले पठन पाठन नहुने सूचना पठाएका छन् । बन्दले गर्दा देशका विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन चल्न समस्या भएको छ । राजधानीको घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा चारजनाले आइतवार ज्यान गुमाएपछि सर्सवाधरण त्रसित भएका छन् ।

बन्दका कारण अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्थान पनि ठप्प रहेका छन् । बिहानैदेखि देशका विभिन्न स्थानमा संखासपद बस्तु भेटिएका छन् । मोरङको बुढिगँगा गाउँपालिका १ कोशी कोशी राजमार्गमा, सुन्दरहरैंचाको वडा नम्बर ७ ठडियामा र पाथीभरा टोलमा शङ्कास्पद वस्तु फेला परेको छ ।

त्यस्तै अर्घाखाँची बागीखोलाको कच्बे पुल नजिकै र सन्धिखर्कस्थित आवसीय माविमा पनि शंकास्पद वस्तु फेला परेको छ । त्यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा एपी ३१ एक्स ६३१६ नम्बरको लरीमा आगजनी भएको छ । मकवानपुरको थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको छ ।

त्यस्तै हेटौंडाको चौकीटोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको छ । हेटौंडाको बुद्धचोकमा, तनहुँका दुई स्थानमा, पोखराका दुइ स्थानमा रौतहट, धादिङ भक्तपुरमा पनि बम फेला परेका छन् । देशका विभिन्न स्थानमा बम भेटिएपछी देशभरको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...