YouTube Link

नेपाली कांग्रेस बागमती प्रदेश सभापति चयनका लागि पुनः निर्वाचन हुने

Facebook Link

 

हेटौंडा: नेपाली कांग्रेस बागमती प्रदेश सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।

 

पहिलो चरणमा शनिबार भएको निर्वाचनमा सभापतिको उम्मेदवारहरु तीनै जनाको ५१ प्रतिशत नआएपछि आज पुनः निर्वाचन हुने भएको हो ।

 

शनिबार भएको निर्वाचनमा ईन्द्रबहादुर बानियाँले सबै भन्दा धेरै मत ल्याएका थिए ।

 

सभापतिमा पहिलो हुने बानियाँले ९ सय ९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत ल्याएका छन् ।

 

तेस्रो हुने भीमसेनदास प्रधानले १ सय ९७ मत ल्याए । बढि मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए ।

 

नेपाली कांग्रेसको विधान अनुसार कुल मतको बहुमत  अर्थात ५१ प्रतिशत मत पाए मात्रै सभापतिमा विजयी हुने छ ।

 

तर, बागमती प्रदेशको सभापति बन्ने दौडमा रहेको तीनै जनाले बहुमत पाउन नसकेपछि आईतबार पुनः निर्वाचन हुने जनाइएको छ ।

 

कुल २ हजार १ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो ।

 

दोस्रो चरणको निवार्चनमा सभापतिको लागि बानियाँ र केसीबीच प्रतिष्पर्धा हुने भएको छ । पहिलो चरणमा सबैभन्दा कम मत ल्याएका प्रधान निर्वाचन प्रक्रियाबाट नै बाहिरिसकेका छन् ।

 

आईतबार बिहान ११:३० बजेबाट हुने दोस्रो चरणको  मतदानमा बानियाँ र केसीबीच प्रतिष्पर्धा हुने  भएको हो । बानियाँ संस्थापन पक्ष अर्थात् पार्टी सभापति देउवा  पक्षका  हुन् भने केसी इतर समुहका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...