सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज संकटा र मनाङ तथा च्यासल र एनआरटीबीच प्रतिस्पर्धा हुँदै
वि.सं.२०७८ मंसिर १८ शनिवार ०८:२३
1.9K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । भने दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
आज हुने पहिलो खेलमा संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
संकटा आज दोस्रो जितको खोजीमा रहेको छ । संकटा २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अपराजित मनाङ २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मनाङले संकटालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । तर, बलियो टिम संकटाविरुद्ध जित निकाल्न मनाङलाई सहज भने छैन ।
यस्तै आज हुने दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
च्यासल र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
च्यासल दोस्रो जितको खोजीमा हुनेछ । च्यासलले अघिल्ला दुई खेलमा १ जित र एक हार व्यहोरेको छ ।
च्यासल २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटीले २ खेलमा १ अंक जोडेको छ ।
एनआरटी लिगको १२ औं स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर १८ शनिवार ०८:२३




















