Texas College
YouTube Link

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

Facebook Link

 

एजेन्सी: रियल म्याड्रिड समूह चरणको एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

 

घरेलु टोली सेरिफलाई ३–० ले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलसँगको हार तथा अर्को खेलमा इन्टर मिलानको जितले सेरिफको नकआउट चरण पुग्ने सम्भावना सकिएको छ ।

 

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको रियलले ३०औं मिनेटमा गोलको खाता खोलेको थियो । डेभिड अलाबाले फ्रिकिकमार्फत सिधै गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए ।

 

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । खेलको ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई ३–० ले अघि बढाए ।

 

जितसँगै रियलले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । गत सेप्टेम्वरमा रियल घरेलु मैदानमा २–१ ले स्तब्ध बनेको थियो ।

 

जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अंक छ । पराजित सेरिफ ६ अंक जोडेर तेस्रो तथा साख्तर डोनेस्क १ अंक जोडेर पुछारमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...