सहकारी बैंकले जारी गर्यो नयाँ ब्याजदर, निक्षेपमा अधिकतम १०.५० प्रतिशत दिने
वि.सं.२०७८ मंसिर ३ शुक्रवार १७:१२
2.9K
shares
काठमाडौं: वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका बेला यता सहकारी बैंकले पनि ब्याजदर परिवर्तन गरेको छ ।
सार्वजनिक नयाँ ब्याजदर अनुसार सहकारी बैंकले अब निक्षेपमा अधिकतम १०.५० प्रतिशत ब्याजदर दिने भएको छ ।
उता वाणिज्य बैंकहरुले यसअघि नै निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर घोषणा गरिसकेका छन् । यस्तै अन्य साधारण निक्षेपमा सहकारी बैंकले ३.७५ देखि ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।
यता कर्जातर्फ भने शीर्षक हेरी ८ प्रतिशतदेखि अधिकतम १०.९९ प्रतिशतसम्म लिने बैंकले जनाएको छ । ३ महिनादेखि ५ वर्षे कृषि कर्जामा ८ देखि १० प्रतिशत ब्याजदर लिने जनाएको बैंकले सहकारी व्यवस्थापन कर्जामा अधिकतम १०.९९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
यस्तै अन्य हायर पर्चेज (गाडी), घरजग्गा लगायतको कर्जामा भने लगानी अनुसार ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ । हाल सहकारी क्षेत्रमा एउटामात्र सहकारी बैंक सञ्चालनमा रहेको छ भने अर्को एक सञ्चालनकै प्रक्रियामा रहेको छ ।
वि.सं.२०७८ मंसिर ३ शुक्रवार १७:१२




















