YouTube Link

युरोपा कन्फोरेन्स लिगमा कोन्टेको प्रशिक्षणमा टोटनहम विजय भएको छ

६ अंक जोडेको भिटेस तेस्रो स्थानमा

Facebook Link

एजेन्सीः युरोपा कन्फोरेन्स लिगमा प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा टोटनहमले गएराति भिटेसमाथि ३–२ को विजय हासिल गरेको छ ।

कोन्टेको प्रशिक्षणमा पहिलो पटक खेलेको पहिलो हाफमा पाँच गोल भएको थियो भने तीन वटा रातो कार्डको देखाइएको थियो ।

इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमले १५औं मिनेटमा ह्युङमिन सनको गोलबाट अग्रता लिएको थियो ।

२२औं मिनेटमा लुकास मोउराले टोटनहमकाे अग्रता दोब्बर बनाए ।

भिटेसका जाकोब रासमुसेनले २८औं मिनेटमा गरेको अत्मघाती गोलमा टोटनहमले अग्रता बनाएको थियो ।

रासमुसेनले ३२औं मिनेटमा गरेको गोलबाट भिटेसले पुनरागमनको प्रयास गर्यो ।

माटुस बेरोले ३९औं मिनेटमा अर्को गोल थपेपछि भिटेसले अंक लिने सम्भावना बढेको थियो ।

५९औं मिनेटमा टोटनहमका क्रिष्टेन रोमेरोले दोस्रो पहेंलो कार्डको सामना गरेपछि घरेलु टोली दश खेलाडीमा सीमित बनेको थियो ।

८१औं मिनेटमा ड्याल्हो डोइखीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि भिटेस पनि दश खेलाडीमा सीमित बन्यो ।

त्यसको चार मिनेट वित्न नपाउँदै मार्कुस सुबर्टले सिधै रातो कार्डको सामना गरेपछि भिटेस ९ खेलाडीमा सीमित भयो ।

‘‘आज निकै तनावपूर्ण खेल भयो तर मलाई यस्तो खेल मन पर्दैन,’’ टोटनहमका प्रशिक्षक कोन्टेले भने, ‘‘हामी तीन शुन्यले अगाडि थियौं ।

रातो कार्डको सामना गरेपछि हामी उल्टै दबाबमा पर्यौं ।

खेल जस्तो भए पनि हाम्रो लागि जित महत्त्वपूर्ण थियो ।

यसले खेलाडीको मनोबल बढ्नेछ ।’’

जितपछि सात अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ ।

युरोपा कन्फोरेन्स लिगमा ६ अंक जोडेको भिटेस तेस्रो स्थानमा छ ।

टोटनहम सम्मिलित समूह ‘जी’ रेनेस दश अंकका साथ शीर्ष स्थानमा छ ।

गएराति नै सम्पन्न खेलमा रेनेसले मुरालाई १–० ले हराएको थियो ।

टोटनहमका पूर्व प्रशिक्षक जोजे माउरिन्होले सम्हालेको क्लब एएस रोमा गएराति बोडोग्लीम्टसँग २–२ को बराबरीमा रोकियो ।

बराबरीपछि रोमाले समूह ‘सी’ को शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

बोडोग्लीम्ट आठ अंकका साथ शीर्ष स्थानमा रहँदा रोमा सात अंकका साथ दोस्रो स्थानमा छ ।

६ अंक जोडेको जोर्याले तेस्रो स्थानमा छ ।

पीएफसी सिएसकेए–सोफिया एक अंकका साथ पुछारमा छ ।

यो पनि पढ्नु होस्ः

आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डको सानदार जित

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...