YouTube Link

एनआईसी एशिया बैंकले बडादसैँमा बोनस रकम उपलब्ध गराउने

World Cup 2026
Facebook Link

काठमाडौं:   एनआईसी एशिया बैंकले बडादसैँमा बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।  एनआईसी एशिया बैंकले बडादसैँमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी ‘वर्ल्डरेमिट’ मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा रु. ४०० बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।

 

डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा बसोबास गर्ने नेपाली महानुभावहरूको लागि आउँदै गरेको बडादसैँका अवसरमा बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।

 

आज असोज ११ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै एनआईसी एशिया बैंकको खातामा जम्मा गर्न सकिनेछ। रु. ४०० बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने बैंकले जनाएको छ।

 

कोभिड–१९ को जोखिम कायम रहेकै बेला एनआईसी एशिया बैंकले वर्ल्डरेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहनुभएका नेपाली नागरिकले यथास्थानबाटै स्वदेशमा रहेका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन्।

 

यस योजनाले विदेशमा रहेका नेपालीले रकम पठाउन भौतिक रुपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ।

 

बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा रहको नेपालीले वर्ल्डरेमिटको एप तथा वेबसाइटबाट एनआईसी एशिया बैंकका खातामा सहजै रकम पठाउन सकिनेछ।

 

डिजिटल बैंकिङलाई आत्मसात गर्दै आइरहेको बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै लैजाने क्रममा मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक’ मार्फत आन्तरिक रेमिट्यान्स सुविधासमेत ग्राहकलाई उपलब्ध गराउँदै आइरहेको छ।

 

जसअन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकले आफ्नो बैंकिङ एपभित्रभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

 

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिने बैंकले जनाएको छ।

 

यो पनी पढ्नुहोस् :

आइएमई पेको दसैँको झट्का स्किम सार्वजनिक

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...