YouTube Link

एनसेल फोरजीका साथ ‘बजाज एभरेस्ट प्रिमियर लिग’ आजबाट शुर

‘नव प्रतिभाहरूको प्रवर्द्धनका

Facebook Link

काठमाडौंः एनसेल फोरजीका साथ ‘बजाज एभरेस्ट प्रिमियर लिग’ (ईपीएल) आजबाट शुर हुदैछ ।

देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम आज उद्घाटन हुदैछ ।

‘नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको रहेको छ ।

ईपीएल प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्दछ,’ कम्पनीले विज्ञप्तीमा भनेको छ ।

यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको छ ।

यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।

आफ्नो सबैभन्दा ठुलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएल मार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको कम्पनीले बताएको छ ।

क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् ।

क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य ईपीएलको छ ।

सन् २०१६ देखि शुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ ।

यो खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ ।

ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो ।

ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल-एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ ।

पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् ।

‘नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,’ उनले भने ।

यो घरेलु लिगले शुभचिन्तक, मिडिया, क्रिकेट एसोसिएसनबाट मात्र नभएर कर्पोरेट क्षेत्रबाट पनि राम्रो साथ पाउँदै आएको छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...