YouTube Link

एनएफपिजे नेपालको १२औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिक उत्सव सम्पन्न

Facebook Link

काठमाडौँ: एनएफपिजे नेपालको अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

 

राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

 

२५ वर्षको लामो ईतिहास बोकेको राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिक उत्सव (रजत जयन्ती) सम्पन्न भएको हो ।

 

एनएफपिजे नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र चित्रकारको सभापतित्व तथा काठमाडौँ महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । मन्तव्यको क्रममा शाक्यले आगामी दिनमा काठमाडौं उपत्यकाको सास्कृतिक महत्वलाई मनन गरि सस्थासँग मिलेर काम गर्ने बताए ।

 

 

कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ वाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरि खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल, पर्यापर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा त्यसै गरि सस्कृति सम्पदा तर्फ  सोभा मर्हजन र प्रदीप शाक्य र साहासिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठलाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो भने पूर्व शसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

 

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे, कोषाध्यक्ष न्यूभिजन अभियान डटकमका सागर श्रेष्ठ,  रहेका छन ।

 

त्यस्तै केन्द्रिय सदस्यहरूमा अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, वाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहा खवरकी शिला तिमीलसिना, नयाँपेजका प्रबिण कुलुङ राई, नेवा टाइम्सका रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन ।

 

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए  । निर्वाचन उपसमितिमा नारायण श्रेष्ठ संयोजक, माधव वराल र कविन्द्रमान शाक्य सदस्य रहेको थियो । कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष, सस्थाका पूर्व अध्यक्ष विकास रौनीयारको पनि उपस्थिति थियो ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...