Texas College
YouTube Link

विश्वभर पछिल्लो २४ घण्टामा ६,५७,८९९ जनामा कोरोना संक्रमण थपिएसँगै संक्रमितको संख्या २२ करोड नाघ्यो

विश्वभर संक्रमण जित्नेको संख्या १९,७०,८१,५९० पुग्यो

Facebook Link

काठमाडौं: विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ५७ हजार ८ सय ९९ जना कोरोना संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या २२ करोड नाघेको छ ।

 

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २२ करोड ५ लाख ९० हजार १ सय २० पुगेको छ ।

 

होम आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८९ लाख ४२ हजार ३ सय ८१ छ । यसमध्ये १ लाख ५ हजार ९ सय ५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख १८ हजार ९ सय ४ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ७० लाख ८१ हजार ५ सय ९० पुगेको छ ।

 

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख ६६ हजार १ सय ४९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ६६ हजार १ सय ४९ पुगेको छ ।

 

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

 

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

 

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ८२ हजार ४ सय २२ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ६४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

 

यसैगरी ब्राजिलमा ५ लाख ८२ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ ।

 

दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...