YouTube Link

नेपाल र भारतबिचको पहिलो खेल एक एक गोलको बराबरी

अग्रता जाेगाउन नसक्दा

World Cup 2026
Facebook Link

काठमाडौंः नेपाल र भारतबिचको पहिलो खेल एक एक गोलको बराबरी भएको छ ।

नेपाल र भारतबिचको खेलमा यो पाँचौ बराबरी खेल हो ।

नेपालले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बराबरी नजिता हात पारेको छ ।

खुई मध्य बाँकी दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ हुनेछ ।

खेलको ३६औँ मिनेटमा नेपालले भारतविरुद्ध १–० को अग्रता लिएको थियो ।

अन्जन विष्टले भारतीय डिफेन्डर चिन्ग्लेनसाना सिंह कोनसामको गल्तीमा गोल गरेका थिए ।

डिबक्स अगाडि गोलरक्षकलाई ब्याक पास दिएका थिए ।

कोनसामको ब्याक पास गोलरक्षक सन्धुसम्म पुगेन ।

नजिकै रहेका विष्टले त्यो बललाई सजिलै नियन्त्रमा लिन सफल भए ।

त्यसपछि उनले सहजै खाली पोस्टमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नेपालले भारतमाथि प्रावधिक रूपमा दबाब राखेको थियो ।

नेपालले ६ वर्षपछि भारतीय सिनियर टोलीको पोस्टमा दोस्रोपटक गोल गरेको हो ।

पहिलो हाफमा एक तालमेल मिलाउन नसकेको भारतले दोस्रो हाफपछि उत्कृष्ट प्रर्दशन ग¥यो ।

खेलको ६०औँ मिनेटमा अनिरुद्ध थापाले भारतलाई १–१ को बराबरीमा पु¥याए ।

उनी दोस्रो हाफमा मैदानभित्र छिरेका थिए ।

पोस्टभन्दा २२ यार्ड टाढाबाट भारतीय कप्तान सुनील क्षेत्रीले उत्कृष्ट बल प्रहार गरे ।

क्षेत्रीले प्रहार गरेको बललाई नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पन्च गरेका थिए ।

चेम्जोङले पन्च गरेको बल गोल लाइन नजिकै ड्रप भयो ।

थापाले उक्त ड्रप भएको बललाई जालि चुमाए र खेलमा बराबरी गोल गर्न सफल भए ।

यद्यपि गोलरक्षक चेम्जोङले बल क्लियर गर्ने प्रयास नगरेका होइनन् ।

तर उनले थापालाई गोल गर्नबाट रोक्न सकेनन् ।

नेपाली राष्टिय टोलीमा धेरै सुधार आवश्यक रहेको छ ।

मैत्रीपूर्ण खेलबाट गल्तीकमजोरी थाहा हुन्छ ।

यो खेल सुधार्ने एक अवसर पनि हो ।

हाम्रो लक्ष्य साफ च्याम्पिनसिप हो ।

भारतसँग आज नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे ।

हामीले जित निकाल्न सकेनौँ ।

दर्शकलाई भारतविरुद्धको खेलमा गर्व गर्न लायक प्रदर्शन हुने भनेका थिएँ ।

गोलरक्षक किरणको गल्तीमा गोल भएको होइन ।

त्यो गोल किरणकै कारण सम्भव भएको म मान्दिन ।

सबैले बल बाहिर गएको अनुमान गरेका थिए ।

तर, बलभित्रै ड्रप भयो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने ।

भारतीय खेलाडी शारीरिक फिट हुनु र अग्ला भएकाले नेपाली खेलाडीले भारतीय डिबक्स भित्रसम्म बल लान कडा मिहिनेत गरेका देखिन्थे ।

दशरथ रंगशालाको मैदानमा अभ्यस्त नभएका कारण भारत पहिलो हाफमा त्यति जम्न सकेन ।

याे पनि:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...