आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:१४
1.6K
shares
काठमाडौं: आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई रु. १०का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,०००(अक्षरुपी एक अर्ब पच्चिस करोड रुपैँया) नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत श्री निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।
उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ् लि. रहेको छ।
यो पनी पढ्नुहोस् :
ज्योति विकास बैंकले श्री जन नमूना माध्यमिक विद्यालयलाई सहयोग
वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:१४




















