YouTube Link

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिए

Facebook Link

काठमाडौं:   नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले नेपाल स्टक एक्सचेन्जमा पत्रकार सम्मेलन गरी राजीनामा गरेको जानकारी दिएका हुन् ।

 

नेप्सेका प्रमुख साउद सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सिइओ साउद विवादमा तानिएका थिए । उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसद्को अर्थ समितिका सदस्यहरूले साउदलाई निलम्बन गरी कारबाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

 

सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत साउदका पारिवारिक सदस्यका नाम किनिएको खुलासा भएपछि व्यापक रूपमा दुवैको आलोचना भएको थियो। साउदले श्रीमतीका नाममा शेयर किनेका छन्। नेपाल धितो पत्र बोर्डका अध्यक्ष ढुङ्गानाले भने छोरीको नाममा शेयर खरिद गरेका छन्।

 

यसअघि सङ्घीय संसद्को अर्थ समितिको बैठकमा साउदले कानुनले बाटो नछेके पनि आफ्नो पदीय मर्यादा र जिम्मेवारीका हिसाबले शेयर खरिद गर्नु गल्ती भएको स्वीकार गरेका थिए । कानुनले आफूलाई ओटीसी मार्केटमा शेयर किनबेच गर्न भने रोक नलगाएको उनको तर्क त्यहाँ पनि राखेका थिए।

 

साउदले पूर्व सूचनाका आधारमा किनेको शेयरको भित्री कारोबार समेत हुनसक्ने सम्भावना छ। धितो पत्र ऐनको दफा ९१ ले भित्री कारोबारका सम्बन्धमा व्याख्या गर्दै ‘कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितो पत्र कारोबार गरेमा वा अरूलाई धितो पत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भन्ने व्यवस्था गरेको छ।

 

यो पनी पढ्नुहोस् :

कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिक् बीच सम्झौता

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...