बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा
वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:३४
2.7K
shares
काठमाडौं: बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।
बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने सुविधामा आधारित सेवा सञ्चालनमा ल्याएको हो । यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र गरी भुक्तानी गर्न सकिन्छ।
हालको विश्व महामारीका रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणका लागि यस कन्ट्याक्टलेस कार्डका माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकले विश्वास लिएको छ । हाललाई यस प्रविधिमार्फत ग्राहकले प्रतिकारोबार २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यसका साथै आफ्नो ग्राहकलाई प्रविधिमैत्री सेवा तथा सुविधा उपलब्ध गराउदै आएको छ ।
बैंकले नयाँ–नयाँ प्रविधिको प्रयोग गरी एप तथा वेबबाट प्रयोग गर्न सकिने मोबाइल बैंकिङ, संस्थागत ग्राहकलाई लक्षित गरी इन्टरनेट बैंकिङ, १०० भन्दा बढी स्थानमा छुटको व्यवस्थासहितको डेबिट तथा क्रेडिट कार्ड, अन्तर्राष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु जस्तै– फ्रि फायर, प्राइम भिडियो, वालमार्ट, नेटफ्लिक्स, पबजी, अमेजन, अलीबाबा, गुगल प्ले स्टोर, फेसबुक, आईक्लाउट, गुगुलमार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने ई–कम प्रिपेड कार्ड तथा अन्य ग्राहकमुखी सेवा तथा सुविधामार्फत बैंकिङको परिस्कृत अनुभव ग्राहकबीच ल्याइरहेको छ।
यो पनी पढ्नुहोस् :
कुमारी बैंक लिमिटेडका ३ नयाँ शाखा विस्तार
वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:३४



















