कुमारी बैंकले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान सुरु
वि.सं.२०७८ भदौ १ मंगलवार १५:५१
1.7K
shares
काठमाडौं: कुमारी बैंकले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ नामक आकर्षक अभियान सुरु गरेको छ । कुमारी बैंकले डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले अभियान सुरु गरेको हो ।
कुमारी बैंकले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ नामक अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले रु. १ हजारका दरले पुररस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार रु. १० हजार नगद प्राप्त गर्न सक्नेछन् ।
यस अभियानमा सहभागी हुन ग्राहकले सो अभियान सुरु भएको १ महिनासम्म तलमध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ। सो अभियान भदौ १ गतेदेखि सुरु भएको छ । १. ‘कुमारी स्मार्ट’ एपमार्फत आफ्नो खाताको विवरण हेर्ने, अथवा २. टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ।
कुमारी बैंकले डिजिटल प्रणालीमार्फत सधैं आफ्ना सेवाग्राहीमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ सुविधाहरु दिंदै आएको छ। यसका साथै यस अभियानमार्फत डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परिस्थितिमा डिजिटल प्रविधिको प्रयोगद्वारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त छ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ। आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकले प्रतिबद्धता जनाएको छ।
यो पनी पढ्नुहोस् :
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी ४ वर्ष पुरा गरि ५ औ वर्षमा प्रवेश
वि.सं.२०७८ भदौ १ मंगलवार १५:५१



















