Texas College
YouTube Link

हिमालयन बैंक र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजबिच सम्झौता

Facebook Link

काठमाडौं:  हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजबिच सम्झौता भएको छ । बैंकले डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लबकार्ड जारी तथा स्विकार गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

 

बैंकद्वारा डाइनर्स क्लबकार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता भएपश्चात बैंकले डाइनर्स क्लबकार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले हिमालयन बैंकले डाइनर्स क्लब अन्तराष्ट्रिय आफ्नो क्रेडिटकार्ड जारी तथा स्वीकार गर्ने संजालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

 

उहाँले चाडै नै डाइनर्स क्लब अन्तर्राष्ट्रिय कार्ड आफ्ना कार्ड संजालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढीभन्दा बढी प्रसिद्ध अन्तर्राष्ट्रिय कार्डहरु स्वीकार गर्ने क्षमता प्रदान गरेको जानकारी गराउनुभयो ।

 

बैंकले प्रारम्भमाउक्तकार्ड आफ्ना १४६ ए टि एम तथा ५००० भन्दाबढि पस टर्मिनलहरुमा स्वीकार गराउने लक्ष्य लिएको छ । यसबाट डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स र त्यसकाभारत, द.कोरिया, ब्राजिल, टर्किका गठबन्धन संजालबाट जारी भएका कार्डका धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको ए टि एम तथा पस टर्मिनलका संजालमा प्रयोग गर्न सक्नेछन् । त्यसका साथै दोश्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुका लागि जारी गर्नेछ ।

 

डिकभर्स ग्लोबल संजालका तर्फबाट एसिया प्यासिफिक क्षेत्रिय निर्देशक यानी झाङ्गले हिमालयन बैंकसँगको सहकार्यले नेपालमा उक्त कार्ड स्वीकार हुन सुरु हुँदा आफ्नो आशा बमोजिम अन्तर्राष्ट्रिय बजारमा बढाउँदै गएको जानकारी गराउनुभयो ।

 

भारत, चीन, जापान, कोरियाको नेपालप्रमुख भ्रमण गन्तव्य रहेको हुँदा पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदानगर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्विकार गर्ने अवसर दिएको छ ।

 

नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरु अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियन पे, भीसा जारी तथा स्विकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्वीकार गर्ने एक मात्र बैंक हो ।

 

यो पनी पढ्नुहोस् :

न्यादी हाइड्रोपावरले १८ लाख कित्ता शेयर निष्काशन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...