नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै
क्रियाशील सदस्यताको विवादका कारण साउन २० गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित
वि.सं.२०७८ साउन २८ बिहीवार १३:४९
2.6K
shares
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको वैठक आज पार्टी मुख्यालय सानेपामा बस्दैछ ।
आज दिउसो बस्ने वैठकमा १४औं महाधिवेशनको विषयमा छलफल हुने काग्रेस श्रोतले बताएको छ । विशेष गरी अहिले पार्टीका १४औै महाधिवेशनको तालिका सार्वजनिक भएको छ ।
जस अनुसार यही भदौ १६ देखि १९ गते काठमाडौमा हुने कार्यताकिा सार्वजनिक भएको हो । कार्यतालिका अनुसार गाउँ र नगर वडाअधिवेशन यही साउन १२ गते, गाउँ र नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।
यद्यपि, क्रियाशील सदस्यताको विवादका कारण साउन २० गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनर एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
अहिलेकै अवस्थामा तोकिएकै समयमा महाधिवेशन हुने छाँटकाँट भने देखिदैन । कसरी मिलाउलान त्यो चाही हेर्न बाँकी छ ।
वि.सं.२०७८ साउन २८ बिहीवार १३:४९




















