ग्लोबल आइएमई बैंक क्लासिक भिल्लाको बैंकिङ पार्टनर
वि.सं.२०७८ साउन २८ बिहीवार १३:१८
2.1K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंक क्लासिक भिल्लाले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरका रुपमा रहने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने संबन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गर्नु भएको छ ।
उक्त समझदारीअनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ। हाल बैंकले घर कर्जाका लागि ७.९९ प्रतिशत (प्रिमियमसहित) को आकर्षक ब्याजदरमा विशेष घर कर्जा योजना सीमित अवधिका लागि सञ्चालन गरिरहेको छ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
यो पनी पढ्नुहोस् :
महालक्ष्मी लाइफले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक
वि.सं.२०७८ साउन २८ बिहीवार १३:१८




















