अमेरिकाले जित्याे चाैथाे पटक पुरूष बास्केटबलकाे उपाधि
वि.सं.२०७८ साउन २३ शनिवार १९:१४
1.8K
shares
एजेन्सीः अमेरिकाले ओलम्पिक पुरुष बास्केटबल लगातार चौँथो पटक स्वर्ण पदक जितेको छ ।
केभिन डुरान्टको उत्कृष्ट प्रर्दशनमा अमेरिकाले चौँथो पटक स्वर्ण जितेको हो ।
फ्रान्सविरुद्धको स्वर्ण भिडन्तमा अमेरिका ८७-८२ ले अघि रह्यो ।
कप्तान डुरान्टले कुल २९ अंकको योगदान गरे ।
ओलम्पिक फाइनलमा डुरान्टको प्रदर्शन सधैँ लोभलाग्दो हुने गर्छ ।
पछिल्ला दुई ओलम्पिक फाइनलमा डुरान्टले ३०अंक बटुलेका थिए ।
स्वर्ण जित्नको लागि डुरान्टलाई रोक्ने फ्रान्सेली खेलाडीको रणनिति सफल हुन सकेन ।
डुरान्ट जस्तो सुकै दबाबमा पनि आफ्नो स्वभाविक खेल देखाउन सक्छन् ।
आज पनि उनी नआत्तिकनै खेले ।
उनले प्रहार गरेका सटहरुले आजको खेल जिताए ।
अमेरिकी टिमका सहायक प्रशिक्षक स्टिभी केरले बताए ।
एनबीएमा डुरान्ट चार पटक स्कोरिङ च्याम्पियन भइसकेका छन् ।
एनबीएको सर्वोत्कृष्ट खेलाडी को रु भन्ने बहसमा डुरान्टको नाम समावेश गरिन्छ ।
तर ओलम्पिक बास्केटबलमा सर्वोत्कृष्ट खेलाडी छनौट गर्ने बहसको भने अन्त्य भएको छ ।
डुरान्ट विशेष खेलाडी हुन् ।
आजको जस्तो महत्वपूर्ण खेलमा डुरान्टको उपस्थिती निर्णायक रहन्छ ।
अमेरिकी बास्केटबलमा उत्कृष्ट खेलाडीहरु धेरै देखिएका छन् ।
तर डुरान्ट नम्बर वान हुन् कुनैबेला डुरान्टसँगै खेलेका ड्रेमोन्ड ग्रिनले भने ।
यस ओलम्पिकमा डुरान्टले केही कीर्तिमान पनि राखे ।
उनी अमेरिकी पुरुष बास्केटबलको इतिहासमा सर्वाधिक स्कोर गर्ने खेलाडी बनेका छन् ।
तीन पटक ओलम्पिक स्वर्ण जित्ने दोस्रो खेलाडी समेत बनेका छन् ।
यसअघि यो कीर्तिमान कार्मेलो एन्थोनीको नाममा थियो ।
यसपटक डुरान्टको भूमिका उल्लेख्य रह्यो ।
डुरान्टले युवा खेलाडी सम्मिलित अमेरिकी टिमलाई प्रभावकारी रुपमा नेतृत्व गरे ।
अघिल्ला ओलम्पिकमा एनथोनी जस्ता दिग्गज खेलाडी भए पनि यसपटक डुरान्ट नै सबैभन्दा अनुभवी खेलाडी थिए ।
यसअघिको ओलम्पिकमा धेरै भन्दा धेरै स्कोर गर्न प्रयास गर्ने डुरान्ट यसपटक प्रभावकारी कप्तान बन्नेतर्फ लागे ।
त्यही भएर त उनलाई क्याप्टेन अमेरिका भनिँदैछ ।
डुरान्टका प्रशंसक अमेरिकी मात्र होइन, विपक्षी टिमका खेलाडीहरू पनि छन् ।
डुरान्ट सर्वोत्कृष्ट स्कोरर भएकोमा शंका छैन ।
उनलाई रोक्न धेरै गाह्रो छ ।
किनभने उनी जे गर्न चाहन्छन्, गरेरै छाड्छन् ।
त्यो पनि ओलम्पिक फाइनल जस्तो ठूलो खेलमा फ्रान्सका रुडी गोबर्टले भने ।
डुरान्टले यसपटकको ओलम्पिक खेल्ने टुंगो थिएन ।
चोटका कारण एनबीएको २०१९–२० सिजन गुमाएका डुरान्ट ओलम्पिक सुरु हुनुअघि रिह्याबिलिटेसनमा थिए ।
कोभिड-१९ महामारीका कारण ओलम्पिक सरेपछि डुरान्ट यस महाकुम्भका लागि तयार भए ।
ओलम्पिकमा पुरुष बास्केटबललाई समावेश गर्न थालिएको सन् १९३६ बाट हो ।
त्यसयता अमेरिकाले १६ पटक स्वर्ण जितेको छ । अमेरिका बाहेक ओलम्पिकमा स्वर्ण जित्ने जम्मा तीन टिममात्र छन् ।
ती सोभियत संघ, युगोस्लाभिया र अर्जेन्टिना हुन् ।
यी टिममध्ये हाल अर्जेन्टिना मात्र अस्तित्वमा छ ।
अर्जेन्टिनाले एथेन्स ओलम्पिकमा इटालीलाई हराउँदै स्वर्ण जितेको थियो ।
यो पनि पढ्नु होस्ः
फ्रान्सेली लिग वान फुटबल आजबाट सुरु हुँदैछ
वि.सं.२०७८ साउन २३ शनिवार १९:१४




















