फ्रान्सेली लिग वान फुटबल आजबाट सुरु हुँदैछ
पीएसजीले यो पटक युरोपाका ठूला खेलाडी
वि.सं.२०७८ साउन २२ शुक्रवार १३:३७
2.5K
shares
एजेन्सीः फ्रान्सेली लिग वान फुटबल आजबाट सुरु हुँदैछ ।
नयाँ सिजन अन्तर्गतका खेलहरु आजबाट सुरु हुन लागेका हुन् ।
गत सिजन लिग वानको उपाधि लिलेले जितेको थियो ।
आज हुने पहिलो खेल दर्शकसहित हुनेछ ।
फ्रान्सेली लिग वान फुटबल गत सिजन दर्शक विना नै लिग सकिएको थियो ।
आज हुने पहिलो खेलमा मोनाकोले नेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
मोनाकोको घरेलु मैदानमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।
लिग वानमा यो सिजन पेरिस सेन्ट जर्मन (पीएसजी) उपाधि दावेदारको रुपमा रहेको छ ।
पीएसजीले यो पटक युरोपाका ठूला खेलाडी अनुबन्ध गरेको छ ।
समर्थकसहित हुने प्रतियोगिताका लागि क्लबहरु पनि उत्साहित छन् ।
लिग वानमा समर्थहरु मैदान छिर्दा कोरोना विरुद्धको खोप लगाएको हुनु पर्नेछ ।
कोरोना रिपोर्ट नेगेटिभ आएको हुनु पर्नेछ ।
त्यसपछि मात्र दर्शकले खेल हेर्न अनुमति पाउनेछन् ।
यो पनि पढ्नु होस्ः
फिफा विश्वकप छनोट चरणका खेलमा पनि भिएआर प्रयोग हुने
वि.सं.२०७८ साउन २२ शुक्रवार १३:३७




















