सम्मानजनक अवस्था भए मात्र पार्टी एकता हुने नेपालपक्षको निष्कर्ष
वि.सं.२०७८ साउन २१ बिहीवार १९:३८
1.9K
shares
काठमाडौं: नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सम्मानजनक व्यवहार गरे मात्र पार्टी एकता हुने जनाउ दिएका छन् ।
आज नेपाल पक्षका केन्द्रीय सदस्यहरुको वैकठकले उक्त निर्णय गरेको हो । नेता नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् । नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट जिकिर गरेका छन् ।
नेता नेपालले बैठकमा बोल्दै भने म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’
यो पनी पढ्नुहोस् :
मुख्यमन्त्री पोखरेलबिरुद्ध परेको अविश्वासको प्रस्तावमाथि २७ गते छलफल हुँदै
वि.सं.२०७८ साउन २१ बिहीवार १९:३८



















