निक्षेप तथा कर्जा सुरक्षण कोषले २ अर्व बढी नाफा आर्जन
वि.सं.२०७८ साउन २१ बिहीवार १७:५५
काठमाडौं: निक्षेप तथा कर्जा सुरक्षण कोषले २ अर्व ९ करोड ७२ लाख नाफा आर्जन गरेको छ। कोषले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्व ९ करोड ७२ लाख कर पछिको नाफा आर्जन गरेको हो।
कोषले निक्षेप सुरक्षण, पशुधन सुरक्षण र कर्जा सुरक्षण अन्तर्गत साना तथा मझौला उद्यम कर्जा सुरक्षण, लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षण, शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा र निर्यात कर्जा सुरक्षण लगायतका कार्यहरू गर्दै आएको छ । गत आर्थिक वर्षमा ८ खर्व भन्दा बढी निक्षेप र सवा खर्व बढीको कर्जा सुरक्षण गर्दै यो नाफा कमाएको हो ।
कोषमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेप सुरक्षण गराउँदै आएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४र ५ वर्षको अवधिमा नै भौतिक रूपमा समेत उल्लेखनीय प्रगति हासिल गरेको प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले जानकारी दिए ।
कोषले गत आर्थिक वर्षमा सबैभन्दा बढी लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गरेको छ। यस अन्तर्गत विभिन्न बैंकहरुले प्रवाह गरेको १ खर्व १७ अर्व ७६ करोड २४ लाख रुपियाँ कर्जा सुरक्षण गरेको कोषले जनाएको छ। त्यसै गरी ३८ करोड ७६ लाखको पशुधन सुरक्षण गरेको छ ।
गएको एक वर्षमा साना तथा मझौला उद्यममा ३ अर्व ५२ करोड ८८ लाख कर्जा सुरक्षण भएको छ । त्यस्तै, कृषि कर्जा अन्तर्गतको ३ अर्व ८६ करोड ३१ लाखको कर्जा सुरक्षण भएको देखिन्छ। शैक्षिक बेरोजगारको १५ लाख ६४ हजार मात्र छ भने सहुलियतपूर्ण कर्जामा २ अर्व ९० करोड ५६ लाख कर्जा सुरक्षण गरिएको छ।अघिल्लो आर्थिक वर्षमा आफ्नो वासलातको आकार १७ अर्व ६७ करोड २७ लाखमा पुर्याएको छ जुन सुरु वर्ष २०७३र०७४ मा ६ अर्व ३ करोड ५४ लाखको थियो।
अधिकृत पुँजी १० अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ नै रहेको कोषको चुक्ता पुँजी पनि १० अर्ब रुपैयाँ कै रहेको छ । कोषको कुल सेयर स्वामित्वमा ९० प्रतिशत नेपाल सरकारको नाउँमा रहेको छ भने १० प्रतिशत नेपाल राष्ट्र बैंकको रहेको छ ।
यो पनी पढ्नुहोस् :
अब बन्ने नयाँ भौतिक संरचनाहरु अपांगमैत्री हुने
वि.सं.२०७८ साउन २१ बिहीवार १७:५५