YouTube Link

निक्षेप तथा कर्जा सुरक्षण कोषले २ अर्व बढी नाफा आर्जन

Facebook Link

काठमाडौं:  निक्षेप तथा कर्जा सुरक्षण कोषले २ अर्व ९ करोड ७२ लाख नाफा आर्जन गरेको छ। कोषले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्व ९ करोड ७२ लाख कर पछिको नाफा आर्जन गरेको हो।

 

कोषले निक्षेप सुरक्षण, पशुधन सुरक्षण र कर्जा सुरक्षण अन्तर्गत साना तथा मझौला उद्यम कर्जा सुरक्षण, लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षण, शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा र निर्यात कर्जा सुरक्षण लगायतका कार्यहरू गर्दै आएको छ । गत आर्थिक वर्षमा ८ खर्व भन्दा बढी निक्षेप र सवा खर्व बढीको कर्जा सुरक्षण गर्दै यो नाफा कमाएको हो ।

 

कोषमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेप सुरक्षण गराउँदै आएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४र ५ वर्षको अवधिमा नै भौतिक रूपमा समेत उल्लेखनीय प्रगति हासिल गरेको प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले जानकारी दिए ।

 

कोषले गत आर्थिक वर्षमा सबैभन्दा बढी लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गरेको छ। यस अन्तर्गत विभिन्न बैंकहरुले प्रवाह गरेको १ खर्व १७ अर्व ७६ करोड २४ लाख रुपियाँ कर्जा सुरक्षण गरेको कोषले जनाएको छ। त्यसै गरी ३८ करोड ७६ लाखको पशुधन सुरक्षण गरेको छ ।

 

गएको एक वर्षमा साना तथा मझौला उद्यममा ३ अर्व ५२ करोड ८८ लाख कर्जा सुरक्षण भएको छ । त्यस्तै, कृषि कर्जा अन्तर्गतको ३ अर्व ८६ करोड ३१ लाखको कर्जा सुरक्षण भएको देखिन्छ। शैक्षिक बेरोजगारको १५ लाख ६४ हजार मात्र छ भने सहुलियतपूर्ण कर्जामा २ अर्व ९० करोड ५६ लाख कर्जा सुरक्षण गरिएको छ।अघिल्लो आर्थिक वर्षमा आफ्नो वासलातको आकार १७ अर्व ६७ करोड २७ लाखमा पुर्‍याएको छ जुन सुरु वर्ष २०७३र०७४ मा ६ अर्व ३ करोड ५४ लाखको थियो।

 

अधिकृत पुँजी १० अर्ब र जारी पुँजी १० अर्ब रुपैयाँ नै रहेको कोषको चुक्ता पुँजी पनि १० अर्ब रुपैयाँ कै रहेको छ । कोषको कुल सेयर स्वामित्वमा ९० प्रतिशत नेपाल सरकारको नाउँमा रहेको छ भने १० प्रतिशत नेपाल राष्ट्र बैंकको रहेको छ ।

 

यो पनी पढ्नुहोस् :

अब बन्ने नयाँ भौतिक संरचनाहरु अपांगमैत्री हुने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...