YouTube Link

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गते आईपीओ निष्कासन गर्दै

Facebook Link

काठमाडौं:  सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेबाट ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ । सानिमा लाइफ इन्स्योरेन्सले १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

 

आईपीओ निष्कासन गर्ने कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

 

सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

 

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बैंकिङ समयपछि हुनेछ । सानिमा लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

सानिमा लाइफको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासनको अनुमति दिएको थियो। कम्पनीले आगामी आर्थिक वर्ष २०७९/८० सम्म प्रतिसेयर आम्दानी (ईपीएस) १७.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष २०७८/७९ मा भने ईपीएस ९.७८ रुपैयाँ रहने कम्पनीको अनुमान छ।

 

यसैगरी प्रतिसेयर नेटवर्थ २०७९/८० १३९.३३ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। जब कि चालु आवमा प्रतिसेयर नेटवर्थ १२१.७३ हुने अनुमान गरिएको छ । यसैगरी आगामी आर्थिक वर्षमा कम्पनीको नेटवर्थमा प्रतिफल १२.२८ प्रतिशत पुग्ने र चालु आवमा ८.०३ प्रतिशत हुने अनुमान गरिएको छ।

 

यो पनी पढ्नुहोस् :

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ६१ करोड ९४ लाख रुपैयाँ नाफा

 

 

 

 

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...