Texas College
YouTube Link

शंकर समुहले रियलमीलाई अधिकृत नेपाल बिक्रेताका रुपमा भित्र्यायो

Facebook Link

काठमाडौं:  शंकर समुहले चिनियाँ स्मार्टफोन ब्रान्ड ‘रियलमी’लाई अधिकृत नेपाल बिक्रेताका रुपमा भित्र्याएको छ । ४० वर्ष पुरानो नेपाली औद्योगिक घराना शंकर समुहले रियलमीलाई औपचारिक रुपमा नेपाली बजार भित्र्याएको हो ।

 

रियलमीको आधिकारिक बिक्रेता घोषणासँगै डिलरहरुका लागि कम्पनीले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले रियलमीका थोक तथा खुद्रा बिक्रेताहरुका लागि स्मार्टफोन बिक्रीवापत थुप्रै आकर्षक स्किमहरुको घोषणा गरेको छ।

 

आफ्ना रिटेलर्सहरुका लागि शंकर समूहले १०० दिने अभियान घोषणा छ। अभियान १५ अगस्टदेखि २४ नोभेम्बर २०२१ सम्म चल्नेछ। यस अभियान अन्तर्गत कुनै पनि रिटेलरले उक्त अवधिमा दुई हजार थान मोबाइल सेट बेच्न सके प्रोटोन सागा गाडी दिने घोषणा गरेको छ।

 

शंकर समूहले ११ सय युनिट स्मार्टफोन बिक्री गर्नेलाई टिभिएस आरआर ३१० मोटरसाइकल दिने साथै आठ सय युनिट बिक्री गर्नेलाई ५० ग्राम सून र चार सय ५० युनिट फोन बिक्री गर्नेलाई ३० ग्राम सुन प्रोत्साहन स्वरुप प्रदान गर्ने र रिटेलरहरुलाई थप दुई प्रतिशत अतिरिक्त ‘इन्सेन्टिभ’ को घोषणा गरेको छ ।

 

रियलमीले भारतीय र नेपाली बजारमा मूल्य प्रतिस्पर्धी नै तय गर्ने जनाएको छ। जसका कारण भारत र नेपालमा रियलमीका उत्पादनको मूल्य समान हुने देखिन्छ। भारतीय बजारमा जुन दिन स्मार्टफोन लन्च हुन्छ त्यही दिन नेपालमा पनि उक्त ग्याजेट लन्च गर्ने घोषणा गरेको छ।

 

कम्पनीले अबको दुई साता भित्रमा नेपाली बजारमा रियलमीका करिब १० वटा मोबाइल सेट भित्र्याउने जनाएको छ। शंकर समूहले सी११ (२०२१), सी२०, रियलमी एट, रियलमी एटप्रो, रियलमी एट फाइभजी, रियलमी एक्ससेभेन म्याक्स, रियलमी जीटी-एमइ र रियलमी जीटी लन्च गर्नेछ।

 

शंकर समूहले सी११ (२०२१) स्मार्टफोनलाई सबैभन्दा पहिला लन्च गर्ने बुझिएको छ। साथै, रियलमी एटलाई नयाँ मूल्यसहित कम्पनीले नेपाली बजारमा लन्च गर्ने बताएको छ। रियलमीले स्मार्टफोनसँगै विभिन्न अडियो डिभाइसहरु, स्मार्ट वाच तथा अन्य प्रडक्टहरु शंकर समूहमार्फत् नेपाल भित्र्याउने जनाएको छ ।

 

यो पनी पढ्नुहोस् :

युनियन लाइफको शेयर कारोबार सुचारु मनकामना स्मार्टको कारोबार हुन सकेन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...