युभेन्टसले जोन ग्याम्पर ट्रफी उतार्ने अधिकांश खेलाडी आइसोलेसनमा
युभेन्टसलाई समस्या परेको हो
वि.सं.२०७८ साउन १५ शुक्रवार १०:४०
2.3K
shares
एजेन्सीः युभेन्टसले जोन ग्याम्पर ट्रफीका लागि स्पेनिस क्लब बार्सिलोनासँग खेल्ने तयारीमा रहेको छ ।
आफ्ना अधिकांश खेलाडी कोरोना भाइरसका कारण आइसोलेसनमा बस्नु परेपछि इटालियन क्लब युभेन्टसलाई समस्या परेको हो ।
प्रि–सिजनअन्तर्गत नै युभेन्टसले स्पेनिस क्लब बार्सिलोनासँग जोन ग्याम्पर कपमा प्रतिस्पर्धा गर्नेछ ।
आगामी अगस्ट ८ मा हुने यस समरको ट्रफी जोन ग्याम्परको उपाधि भिडन्तमा साविक बार्सिलोना विजेता हाे ।
युभेन्टसले बार्सिलोनासँग उसैको मैदान क्याप नोउमा प्रतिस्पर्धा गर्ने छ ।
बार्सिलोना ग्याम्पर कपको सर्वाधिक सफल टिम हो ।
उसले ४३ पटक उपाधि जितेको छ ।
युभेन्टसले भने एक पटकमात्र उपाधि जितेको छ ।
सोही खेलको तयारीका लागि प्रशिक्षणरत युभेन्टसका २२ वर्षीय मिडफिल्डर हाम्जा रफियालाई कोरोना पुष्टि छ ।
हाम्जालाई कोरोना पुष्टि भएसँगै उनीसँग नजिकमा रहेका सबै खेलाडी आइसोलेसनमा बसेका छन् ।
बिहीबार रफियामा कोभिड सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका खेलाडी होम आइसोलेसनमा बसेका छन ।

बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हाे ।
उक्त समूहका खेलाडीमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउनेले प्रशिक्षणमा सहभागिता जनाउने छन् ।
पोजिटिभ आएमा बार्सिलोनासँगको खेल गुमाउने पक्का हुनेछ ।
यो पनि पढ्नु होस्ः
एन्फा कार्यकारी समितिको आकस्मिक बैठक बस्दै
वि.सं.२०७८ साउन १५ शुक्रवार १०:४०




















