YouTube Link

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा कोलम्बियालाइ पराजित

उपाधि भिडन्त ब्रजिलसँग

Facebook Link

एजेन्सीः अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा कोलम्बियालाइ पराजित गर्दै प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलको नेस्नल डे ब्राजिलिय स्टेडियमा भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएको थियो ।

अर्जेटिनाले खेलको सुरुवाति ७औं मिनेटमा नै अग्रता लिएको थियो ।

मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको ब्याक पासमा अनर्माक रहेका लौटारो मार्टिनेजले गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको कोलम्बिया दोस्रो हाफमा निकै अक्रामक खेल खेल्यो ।

६१औं मिनेटमा इडविन कार्डाेनाको पासमा लुइस डियजले गोल गर्दै खेललाई एक एकको बराबरीमा ल्याएक थिए ।

त्यस पछि दुवै टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जन गरे पनि अन्तिममा चुक्दा निर्धारित ९० मिनेटको समय बराबरीमा सकियो ।

कोपा अमेरिका फुटबल सबै भन्दा पुरानो टाईटल भएको हुदा यसमा अतिरिक्त समय थप गर्ने नियम रहेको छैन ।

खेलमा १०वटा पहेलो कर्डा प्रयोग भएको थियो ।

कोलम्बियाका ६ खेलाडीले पहेँलो कार्ड पाउदा ४ वटा कार्ड अर्जेन्टिनाका खेलाडीले पाएका थिए ।

खेल भरि कोलम्बियाले २७ फउल खेल्दा अर्जेन्टिनाले पनि २० फउल खेलेको थियो ।

खेलमा कोलम्बियाले विपक्ष पोष्टमा १४ प्रहार गर्दा ४ प्रहार फ्रेममा परेको थियो ।

अर्जेन्टिनाले १३ प्रहार गरेको थियो भने उसको पनि ४ प्रहार मात्र फ्रेममा परेको थियो ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।

Argentina's Lionel Messi in action during a Copa America semifinal soccer match at the National Stadium in Brazil.(AP)

 

 

 

 

 

 

 

टाइब्रेकरमा कप्तान मेस्सी, लौटारो र लियान्द्रो डानियल पेरेडेसले गोल गरेका थिए ।

रोड्रिगो डी पाउल गोल गर्न चुके ।

कोलम्बियाका हुँवा काउड्राडो र मिगुएल बोरजाले मात्र गोल गर्न सके ।

अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

यो पनि पढ्नु होस्:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...