YouTube Link

एनआईसी एशिया बैंक कर्मचारी संघले देशैभरि विरोध प्रदर्शन

World Cup 2026
Facebook Link

काठमाडौं:  एनआईसी एशिया बैंक कर्मचारी संघले नेपाल सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ। संघले देशैभरि एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विरोध प्रदर्शन गरेको हो ।

 

सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेस गरेका सुझावहरुको सम्बोधन गर्न यो संघ सरोकारवालाहरुसँग अपिल पनि गरेको छ।

 

यस योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिह समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने संघले जनाएको छ।

 

हालको व्यवस्था न्यूनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखिए पनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ क्षेत्रका कर्मचारीलाई भने खासै आवश्यक नदेखिएको अवस्थामा पनि सरकारको योजनालाई मूर्तरुप दिन बैंकिङ क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने संघले माग गरेको छ।

 

‘सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितका लागि यो योजनाले काम गर्नेछ भन्ने हाम्रो अपेक्षाविपरीत उक्त योजनाले बैंकिङ कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लाग्र गर्दै बाध्यकारी बनाउन खोजेको छ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबै कर्मचारी ऐक्यबद्ध भई आन्दोलनमा उत्रिनुपरेको अवस्था सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ र हाम्रा माग पूरा गरी न्यायोचित ढंगबाट उक्त सामाजिक सुरक्षा कार्यविधि परिमार्जन नगरेसम्म यो दबाब निरन्तर राख्नेछौँ ।’

 

एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौँ भन्ने होइन तर यथावस्थामा जुन विभेद गरिएको छ, त्यसको हामी विपक्षमा छौँ र हामीले राखेका बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्नेछौँ’, संघका अध्यक्ष सुमन थापाले भने, ‘हामी आशावादी छौँ यस जनताउन्मुख सरकारले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरी हाम्रो मागको यथाशीघ्र सम्बोधन गर्नेछ र ऐनमै हाम्रा मागहरुलाई प्रत्याभूत गर्नेछ ।’

 

यो पनी पढ्नुहोस् :

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुला

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...