YouTube Link

चेक गणतन्त्रले अन्तिम आठमा स्थान बनाउदा नेदरल्यान्ड्स स्तव्ध

नेदरल्यान्ड्स स्तव्ध

Facebook Link

एजेन्सीः चेक गणतन्त्रले युरोकप फुटबलमा नेदरल्यान्ड्सलाई २–० गोलले पराजित गरेको छ ।

नेदरल्यान्ड्सलाई स्तव्ध पार्दै चेक गणतन्त्र युरोकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

यो हारसँगैे डच टोली युरोकप फुटबलको अन्तिम सोह्रबाटै बाहिरिएको छ ।

प्रतियोगिता शुरु हुनुअघि उपाधि दावेदार मानिएको डच टोलीको यात्रा चेक गणतन्त्रले टुंगाई दिएको छ ।

हंगेरीको पुस्कास एरिनामा भएको खेलमा ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो ।

चेकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक र एक गोल गरे ।

चेकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

१० खेलाडीमा समेटिएको डच टोली झनै कमजोर भएको थियो ।

डचमाथि हावी बनेको चेकले खेलको ६८ औं मिनेटमा टोमसले गोल गर्दै चेकलाई १–० को अग्रता दिलाए ।

८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकको अग्रता दोब्बर बनाए ।

प्याट्रिकले जारी युरोकपमा चौथो गोल गरेका हुन् ।

नेदरल्यान्ड्स समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो ।

उसले निकालेको शतप्रतिशत जितको यात्रा भने राउन्ड अफ सिक्सटिनमै टुंगियो ।

चेक गणतन्त्रले युरोकप फुटबलमा  समूह डी बाट तेस्रो स्थानमा रहेर मुस्किलले अन्तिम १६ मा स्थान बनाएको थियो ।

चेक गणतन्त्रले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/sports/25898.html

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...