मेस्सीको उत्कृष्ट गोल अर्जेन्टिना र चिलीले बराबरी
वि.सं.२०७८ असार १ मंगलवार ०८:५३
1.7K
shares
एजेन्सीः कोपा अमेरिका फुटबलमा मेस्सीको उत्कृष्ट गोल अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका छन् ।
यस प्रतियोगिताको उपाधि जित्न सक्ने बलियो टोली माध्य यी दुईलाई पनि मानिएको छ ।
ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले मेस्सीको गोलबाट पहिलो अग्रता लिएको थियो ।
३३औं मिनेटमा लियोनल मेस्सीले फ्रि किकमा उत्कृस्ट पहिलो गोल गरे ।
खेलमा दुवै पक्षको राम्रो मौका सृजना गरेता पनि गोल भने गर्न सकेन्न ।
५६औं मिनेटमा अर्जेन्टिनाका डिफेन्सले बल किलियर गर्ने क्रममा भिडालको खुट्टमा लगेर लडेका थिए ।
रेफ्रीले भिआरको सहयतले चिलीलाई पेन्लटी दिएका थिए ।
भिडालको प्रहार सिधै किपरलाई लाग्दै पोलमा लागेर रिबन्स भएको बललाई चिलीका इडुवार्डो भार्गासले गोल गरे ।
उक्त गोल पछि दुवै तर्फबाट कुनै गोल हुन सकेन । खेल बराबरीमा सकिएको हो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ असार १ मंगलवार ०८:५३




















