ब्राजिलले दक्षिण अमेरिकी विश्व कप फिफा २०२२ छनोट क्वालिफायरमा छैटौं जीत रेकर्ड गर्यो
वि.सं.२०७८ जेठ २६ बुधवार ११:२३
2.2K
shares
एजेन्सीः विश्रव कप छनोट खेलमा ब्राजीलले अपराजित यात्रालाई कायमै रखेको छ ।
आज पराग्वे विरूद्ध २-० को जित निकालेको ब्राजिलको यो शतप्रतिसत जित हो ।
ब्राजीलले आफ्नो दक्षिण अमेरिकी प्रतिदन्द्धि पराग्वेलाई २-० गोलले पराजित ग¥यो ।
यो जितसँगै ब्राजिलले छ खेलमा छ खेलनै जित निकाल्दै शिर्ष स्थानमा रहेको छ ।
प्रशिक्षक टिटेको टोलीलाई अहिले दक्षिण अमेरिकी अन्य टोलीहरुले रोक्न निकै गाह्रो भएको छ ।
ब्राजिलका गोल मेशिन नेमारको राम्रो फिनिशिङ्गले पाहुना टोली पराग्वेलाई स्तबधा बनायो ।
सुरुवाति चौथो मिनेटमा नै नेयमारले ग्रेविल जेसुसको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको थिए ।
त्यसपछि खेल अवधिभर दुवै पक्षबाट गोल गर्न सकेनन ।
खेलको थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा नेयमारको पासमा लुकास पक्युटाले गोल गर्न सफल भए ।
यो गोलसँगै ब्राजिलले विश्रवकप २०२२ को छनोट खेलमा लगातर छैटौं जित दर्ता गरेको छ ।
वि.सं.२०७८ जेठ २६ बुधवार ११:२३




















