YouTube Link

सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ४ वर्ष कैद र २ लाख जरिवाना वा दुवै सजाय हुने प्रस्ताव सहित अध्यादेश ल्याउँदै

Facebook Link

काठमाडौं: सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद सजाय र २ लाख जरिवाना हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ ।

 

स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

 

विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय प्रस्ताव गरिएको छ ।

 

त्यस्तै बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद प्रस्ताव गरिएको छ ।

 

स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएकाले स्वास्थ्यकर्मीको सुरक्षाको लागि अध्यादेश ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

 

स्वास्थ्यकर्मी र अस्पतालमा आक्रमण गर्नेलाई दण्डको व्यवस्था कानुनमै राख्नुपर्ने भन्दै स्वास्थ्यकर्मीले माग गर्दै आएका थिए ।

 

सरकारले स्वास्थ्यकर्मीको माग बमोजिम  धरौटी विना जेल चलान गर्नुपर्ने (जेल विदआउट बेल) को व्यवस्था पनि अध्यादेशमा गर्दैछ ।

 

तर सामान्य अवस्थामा जेल विदआउट बेलको प्रावधान लागू हुने छैन । स्वास्थ्य आपतकाल घोषणा भएको वा विपद संक्रमणग्रस्त क्षेत्र घोषणा भएको वा संक्रामक रोग निर्मुल वा रोकथाम गर्न आदेश जारी भएको बेलामा मात्र यस्तो प्रावधान लागू हुनेछ ।

 

अध्यादेशमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र स्वास्थ्य संस्थाको सुरक्षामा समन्वयात्मक रुपले काम गर्न ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ बनाउने व्यवस्था पनि राखिएको छ ।

 

यस्तै, गृहमन्त्रालयको राजपत्रांकित द्वीतीय श्रेणीका कर्मचारी, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ संघ, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका एक–एक जना प्रतिनिधि पनि सदस्य रहनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...