YouTube Link

इंग्लिस प्रिमियर लिगको उपाधि साविक विजेता म्यानचेस्टर सिटीलाई, लिभरपुल बन्यो उपविजेता

World Cup 2026
Facebook Link

एजेन्सी: साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आईतबार राति भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो ।

ब्राब्राईटनले घरेलु मैदानमा २७ औ मिनेटमा मुरेको गोलबाट अग्रता लिएको थियो । लगत्तै सर्जियो अग्युरोले खेल बराबरीमा ल्याए । लापोर्टीले ३८ औ मिनेटमा सिटीलाई २–१ को अग्रता दिलाए । ६३ औ मिनेटमा रियाद महरेजले सिटीका लागि तेस्रो गोल गरे । ७२ औ मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई प्रभावशाली जित दिलाए । सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझायो ।

सिटीको बराबरी वा हारले उपाधि लिभरपुलले जित्ने सम्भावना थियो । तर अन्तिम खेलमा समेत गोल बर्षा गर्दै सिटीले उपाधि रक्षा गर्न सफल रह्यो । अन्तिम खेलपछि सिटीले ३८ खेलमा ३२ जित २ बराबरी र ४ हार सहित ९८ अंक जोड्यो । दोस्रो स्थानको लिभरपुलले ३८ खेलमा ३० जित, ७ बराबरी र १ हार मात्र बेहोर्यो । लिभरपुलले आफ्नो खेलमा वल्भ्सलाई २-० ले पराजित गरेपनि उपविजेतामा सिमित भयो । लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरे । उनले पहिलो हाफको १७ औं र दोस्रो हाफको ८१ औं मिनेटमा गोल गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...