प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सपथ लिनु नपर्ने, सर्वोच्चले माग्यो लिखित जवाफ
वि.सं.२०७८ जेठ ४ मंगलवार १५:२७
2.1K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल दोहोर्याएर शपथ लिन नपर्ने भएको छ ।
प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
योसँगै तत्काल दोहोर्याएर शपथ लिन नपर्ने भएपनि अदालतले प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले प्रधानमन्त्रीलाई निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? भन्दै आदेश जारी हुनुनपर्ने कानून बमोजिमको आधार कारण भए सो समेत साथै राखि आदेश प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
कोरोना संक्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने
वि.सं.२०७८ जेठ ४ मंगलवार १५:२७



















