च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले उचाल्यो
वि.सं.२०७८ जेठ ३ सोमवार ०८:०८
एजेन्सी: लण्डन क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
बार्सिलोनाले चेल्सीमाथि ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो ।
खेलको १४ औं मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाईन् ।
एटाना बोनमतीले २१औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरिन् ।
कारोलिनी ग्राहम हेनसेनले स्पेनिस क्लबका लागि चौथो गोल गरेकी थिईन् ।
पहिलो हाफको ३६ मिनेटभित्र बार्सिलोनाले चेल्सीको पोस्टमा चार गोल गरिसकेको थियो । त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन ।
बार्सिलोनाको महिला टिमले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।
वि.सं.२०७८ जेठ ३ सोमवार ०८:०८