YouTube Link

एनएसएल अन्तर्गत आज दुई खेल, पहिलो खेलमा ललितपुर र बुटवल तथा दोस्रो खेलमा काठमाडौं र बिराटनगरबीच प्रतिष्पर्धा

Facebook Link

काठमाडौं: पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

 

यसैगरी दोस्रो खेलमा काठमाडौं रेजर्स र बिराटनगर सिटी एफसीबीचको खेल साँझ ५:३० बजेबाट शुरु हुनेछ ।

 

पहिलो खेलमा ललितपुर र बुटवल दुवै टिम एक अर्कालाई पराजित गर्दै जित निकाल्दै शिर्ष चारको सम्भावना बलियो बनाउने योजना सहित मैदान उत्रनेछन् ।

 

फिनिसिङ समस्याका कारण फितलो खेल खेल्दै आएको ललितपुरलाई जुनसुकै हालतमा आजको खेल जित्नुपर्ने दबाबमा रहको छ ।

 

चार खेलमा तीन खेल बराबरी र एक खेलमा हारको सामना गरेको ललितपुर ३ अङ्कसहित छैटौं स्थानमा रहेको छ ।

 

बुटबल पनि ललितपुरलाई हराउँदै शिर्ष चारको सम्भावना बलियो बनाउने योजना सहित मैदानमा उत्रनेछ ।

 

४ खेलमा १ खेल जित्दै दुई खेलमा बराबरी र एक खेलमा हारको सामना गरेको बुटवल ५ अङ्कसहित तालिकाको चौंथो स्थानमा रहेको छ ।

 

यस्तै आजको दोस्रो खेलमा काठमाडौं रेजर्स र बिराटनगर सिटी एफसीले पनि जित सहित शिर्ष चारको स्थान पक्का गर्ने योजना सहित मैदानमा उत्रनेछ ।

 

दुई टिमले हालसम्मको चार खेलबाट समान ७ अङ्क जोडेको छ । चार खेलबाट समान अङ्क रहेपनि गोल अन्तरमा पछि पर्दै काठमाडौं तेस्रो स्थानमा रहँदा बिराटनगर दोस्रो स्थानमा रहेको छ ।

 

उपाधि दाबेदारीको बलियो प्रस्तुती दिएको काठमाडौं र बिराटानगरबीचको खेल निकै नै रामाञ्चक हुने अनुमान गरिएको छ ।

 

प्रतियोगितामा लिग चरणका शिर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन् ।

 

लिग चरणको २१ सहित प्लेअफ, इलिमिनेटर र फाइनल गरि प्रतियोगितामा कुल २५ खेल खेलाइने छ ।

 

प्रतियोगिताको फाइनल खेल जेठ १ गते खेलाईने छ ।

 

कोरोना महामारीका कारण बिना दर्शक बन्द रंगशालामा संचालित यस प्रतियोगिताको विजेताले ३५ लाख रुपयाँ पुरस्कार पाउँनेछन् भने प्रतियोगिताको उप विजेताले १५ लाख नगद प्राप्त गर्ने छ ।

 

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने फरवार्ड, गोलरक्षक, मिडफिल्डर र डिफेण्डरले जनही १–१ लाखँ रुपयाँ प्राप्त गर्ने छन् भने एक जना युवा खेलाडीलाई ईमर्जिङ खेलाडीको अवार्ड प्रदान गरिने छ ।

 

लिगको सर्वोत्कृष्ट प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिने छ ।

 

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, पसल बिहान ९ बजेसम्म मात्रै खुला, फुटपाथ व्यवसाय बन्द

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...